जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीको ताप्लेजुङ जाने कार्यक्रम किन भयो स्थगित ?

रासस
मंसिर ०२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ ।

यही मंसिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने कार्यक्रम तय भएको थियो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले हाललाई त्यो कार्यक्रम स्थगित भएको जानकारी आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट आएको दिए ।

‘प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षा व्यवस्था मिलाएका थियौँ,’ चापागाइँले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको जानकारी आयो ।’

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्थानीयले स्वागतद्वार समेत निर्माण गरेका थिए । ‘गाउँ सरसफाइसहित कार्यक्रमस्थल सजावटको काम समेत सकेका थियौँ, तर अहिले प्रधानमन्त्री नआउने खबर आयो,’ घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले भने ।

प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि