जेठ ०५, २०८१, शनिबार
               

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले गर्‍यो १२ राउण्ड हवाई फायर

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । संखुवासभा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले १२ राउण्ड हवाई फायर गरेको छ ।

गृह मन्त्रालयका अनुसार सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुरमा राउण्ड हवाई फायर गरेका हुन् ।यद्यपि हवाई फायरको कारण भने खुल्न नसकेको गृहमन्त्रालयले जानकारी दिएको छ। गृहका अनुसार सर्च अपरेशनका लागि घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गएको छ । 

सरकारले विप्लवको पार्टीले हिंसात्मक गतिविधि गर्न थालेपछि प्रतिबन्ध लगाएको थियो भने त्यसयता सो पार्टीका नेता कार्यकर्तालाई धरपकडको नीति अख्तियार गर्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि