जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डले भने - 'यो बहस कुर्सीका लागि होइन'

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा भित्रको अहिलेको बहस कुर्सीका लागि नभएको प्रष्ट पारेका छन् ।

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधनको दोश्रो स्मृति दिवसका सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालले आइतवार साँझ गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले कोभिड-१९ को महामारीले देशको स्थिति खराब भएको बताए ।

आफूले नियन्त्रण तथा रोकथमाका लागि राष्ट्रिय संरचना बन्नुपर्यो र केन्द्रमा प्रधानमन्त्रीकै नेतृत्वमा र तल्लो तहसम्म संचरना बन्नुपर्यो भन्ने प्रस्ताव गरेको बताए उनले भने, ‘तर, दुर्भाग्य सरकारले गम्भीर रुपले लिएन । व्यंग्य गर्ने तरिकाले लिइएकोले अहिले जनताको अवस्था बेहाल भएको छ ।’

विभिन्न जाति, समुदाय, भाषा वा पहिचान भनेपछि एकाथरि मानिसहरुले सुन्नै नचाहने अवस्था हरेक राजनीतिक दल र सरकारमा समेत विद्यमान रहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थाको अन्त्य गर्नका लागि आफू जीवनपर्यन्त लागिरहने बताए ।

अध्यक्ष प्रचण्डले सबै पार्टी र नेताहरुलाई एउटै हो भनि हेरियो भने गलत हुने तर्क गर्दै भने, ‘मेरो तपाईहरुको भावना र पहिचानको आन्दोलनसँग लगाव रहिरहन्छ । मेरो लगाव मधेश, आदिवासी जनजाती, उत्पीडित समुदायसँग राजनीतिक नेतृत्वको हिसावले निकट सम्बन्ध रहन्छ नै ।’

अध्यक्ष प्रचण्डले मानवअधिकारवादी नेता तुलाधरलाई आफूले अविभावकका रुपमा लिएको स्मरण गरे ।

‘प्रधानमन्त्री बन् भन्दा नबन्ने मान्छे नेतृत्वका लागि मरिहत्य हुन्छ ? चुनावपछि सुरुमै ५ वर्षका लागि मलाई प्रस्ताव गरे पनि पार्टी एकता र जनताको जनमतको कदर गर्दै उक्त प्रस्ताव स्वीकार गरिनँ,’ उनले भने ।

यो पनि