कात्तिक ०२, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री बन्न वामदेवलाई ओलीको प्रस्ताव, गौतमले दिए यस्तो जवाफ

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा छलफल भएको छ । 

आज (आइतबार) बिहान बालुवाटारमा ओली र गौतमबीच करिब एक घण्टा छलफल भएको हो । 

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न बालुवाटार बोलाइएको थियो ।

पार्टीभित्रको विवाद बढ्दै जानुको मुख्य दोषी ओली नै भएको गौतमले बताएका छन् । पार्टीभित्र आन्तरिक कलह बढ्दै जानुको दोष अरुलाई दिएर ओली उम्कन नपाउने गौतमको तर्क छ । 

गौतमले अध्यक्ष ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिएका छन् । 

आइतबार बिहान बालुवाटारमा अध्यक्ष ओलीसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर समस्याको समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको जनाएका छन् । 

‘उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु भएको छ ।’ सल्लाहकार सुवेदीले भने ‘ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ ।’

पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्षले सचिवालय बैठकमा ओलीविरुद्ध आरोप लाएपछि नेकपामा हलचल मच्चिएको छ । 

ओली निकट नेता भने प्रचण्डको प्रस्ताव फिर्ता गराउने पक्षमा छन् भने प्रचण्ड पक्षका नेताहरु सामूहिक प्रस्ताव भएको भन्दै फिर्ता नहुने बताउँदै आएका छन् । 

यसैबीच, प्रधानमन्त्री ओलीले आजको छलफलमा पनि गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका गौतम निकट स्रोतले जनाएको छ । तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि