बैशाख २०, २०८१, बिहीबार
               

ओलीले माधव नेपालसहित ६ सचिवालय सदस्यसँग गरे बेग्लाबेग्लै छलफल

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा ओलीले माधव नेपाल सहितका नेताहरुसँग बेग्ला बेग्लै छलफल गरेका छन् । 

नेकपा सचिवालय बैठक सकिएलगत्तै ओलीसहित ६ नेताहरुको अनौपचारिक सामूहिक छलफल भनिए पनि प्रधानमन्त्री ओलीले प्रत्येकसँग अलग-अलग छलफल गरेका हुन् । 

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन् ।

ओलीसहित ६ सदस्यबीच हुने भनिएको बैठकमा सहभागीका लागि ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि