जेठ ०६, २०८१, आइतबार
               

पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन सबै अनुशासनमा बाधिनुपर्छ : नेता नेपाल

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्विकार गर्ने प्रतिबद्धता भए पार्टीमा देखिएको समस्या समाधान हुने बताएका छन् ।

नेता नेपालले शुक्रबार  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।पार्टीभित्रको विवाद समाधानका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस गर्नुपर्ने उनको भनाइ छ । 

‘बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन सक्दैन,’ उनले भने, ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन,आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ ।’

छलफल र बहसबाट कोही पनि भाग्न नहुने उनको भनाइ छ । ‘बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिबद्धता चाहिन्छ,’ उनले भने, ‘ पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि