बैशाख २०, २०८१, बिहीबार
               

युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले पूर्वअर्थमन्त्री युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिको आज बिहीबार बसेको बैठकले खतिवडासहित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिको बैठकले तीनै जनाको योग्यता, क्षमता र अनुभवको आधार देखाउँदै उनीहरूलाई राजदूत बन्न अनुमोदन गरेको हो ।

खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित हुन् ।  रेग्मी बेलायतका लागि प्रस्तावित राजदूत हुन् भने सरकारले दक्षिण अफ्रिकाका लागि विश्वकर्मालाई राजदूत बनाउन खोजेको छ । 

हेर्नुस् बैठकको निर्णय :


कस्तो लाग्यो ?

यो पनि