काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शुक्रबार) दिउँसो चार बजेको लागि नेकपाको सचिवालय बैठक बोलाएका छन् । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोली दिउँसो बोलाएको जानकारी दिए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अन्य सचिवालय सदस्यले गत कात्तिक २३ गते र मंगलबार पनि तत्काल सचिवालय बैठकको माग गरेका थिए । यस बैठकमा पार्टी भित्र भएका विभिन्न विवाद र अन्य विषयमा छलफल हुनेछ ।
विगतदेखि नै नेकपा भित्र विवाद हुँदै आइरहेको छ । प्रधानमन्त्री ओलीले यस परामर्शको लागि बैठकको तय गर्न महासचिव पौडेललाई जिम्मा दिएका थिए ।