बैशाख २४, २०८१, सोमबार
               

'प्रधानमन्त्रीमाथि खतरा कारवाही गर्ने तयारी छ रे !'

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । 

पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आज (मंगलबार) बिहान ट्विट गर्दै व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बास्कोटाले अगाडि लेखेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

नेकपामा हाल आन्तरिक विवाद बढ्दै गएको छ । 

गत शनिबार सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउन माग गर्दै अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । 

उनीहरुले सोमबारभित्र बैठक डाक्न दिएको अल्टिमेटम सकिएको छ । 

मंगलबार एक दिन पर्खेर औपचारिक बैठक बोलाउने तयारीमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल रहेको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि