बैशाख २७, २०८१, बिहीबार
               

'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' को साटो 'नेपाल' मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरी कार्यान्वयनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहतका निकायमा परिपत्र गरेपछि सो समितिले सोमबार सरकारलाई यस्तो निर्देशन दिएको हो । 

केही दिनअघि सरकारले विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ लेख्ने’ भनी निर्णय गरेको थियो । 

सोको चौतर्फी आलोचना भएसँगै देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न आवश्यक नरहेको स्पष्टीकरण दिएका थिए । 

यो पनि