मंसिर ०१, २०८१, शनिबार
               

देशको नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् ।

मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछि सरकारको आलोचना भइरहेका बेला सोमबार संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । 

यो संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनको भनाइ छ । उनले भने, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

त्यसैगरी, उनले नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम परिर्वतन गर्ने कतै निर्णय भएको छ कि भनी खोजी गर्दा देशको नाम परिर्वतनबारे कुनै निर्णय नपाइएको बताए । उनले भने, ‘ संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिएको छैन ।’

यो पनि