बैशाख २१, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त  अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यरिसलाई राष्ट्रपति विद्यदेवी भण्डारीले बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एकैसाथ दुवैलाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् ।

राष्ट्रपति भण्डारीले समकक्षी बाइडेन र ह्यारिसलाई दिएको शुभकामनामा दुवैको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको उल्लेख गरेकी छन् ।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई,’ भण्डारीले लेखेकी छन्, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएको छु ।’

यो पनि