काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो ।
गत कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका भट्टराई दम्पतीको पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएपछि अझै केही समय होम आइसोलेसनमै रहने भट्टराईले सामाजिक सञ्जामार्फत जानकारी दिए ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै, लडाइँ केही लामै होला जस्तो पो छ त ।’