जेठ ०७, २०८१, सोमबार
               

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको निधन

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद वीरबहादुर लामाको मिर्गौला रोगबाट निधन भएको छ । उनको दुवै मिर्गौलाले काम गर्न छाडेका कारण आज (आइतबार) बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । 

पूर्व सांसद लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए । उनले २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए ।

२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका उनि २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।

लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । 


कस्तो लाग्यो ?

यो पनि