जेठ ०५, २०८१, शनिबार
               

नेकपा फुट्दैन : सहरी विकासमन्त्री श्रेष्ठ

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

शनिबार नेकपा बल्खु टेकुसी परिवारले गरेको दिपावलीलगायत अन्य पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले भने, ‘वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्नेछ ।’

सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न नसकेको बताउँदै उनले अस्थिरताले देशको विकास निर्माणमा अवरोध आएको बताए । 

राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने मन्त्री श्रेष्ठको भनाइ छ । 

मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी सङ्गठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो पनि