जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रपतिको भूमिकाप्रति भीम रावलको आपत्ति

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गलत भएको उनको टिप्पणी छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ ।,’ उनले थप लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो नेकपा उपाध्यक्ष वामदेव गौतम र बुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई शीतलनिवास बोलाएर भेट गरेकी थिइन् । 

बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरेका थिए ।

पछिल्लो समय नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी अध्यक्ष केपी ओलीको पक्षमा लागेको आरोप लाग्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि