बैशाख १७, २०८१, सोमबार
               

नेकपा अध्यक्षद्वयबीच न्याय परिषद्मा सदस्य नियुक्तिमा पनि विवाद

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्षद्वय  ओली र प्रचण्ड–नेपालबीच न्याय परिषद् सदस्य नियुक्तिमा विवाद भएको छ ।

नेपाल बार एसोसिएसनमा हुने न्याय परिषद्को सदस्यमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपाल र  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले रामप्रसाद श्रेष्ठको नाम अघि सार्दा विवाद भएको हो । 

दाहाल-नेापल समूहले आफ्नो पक्षको मान्छे नियुक्तिका लागि कानुन व्यवसायीसँग परामर्श गरेका छन् । उनीहरुले पहिला सिफारिस भएर पनि काम गर्न नपाएको, वरिष्ठ पनि भएकाले (श्रेष्ठ) लाई सिफारिस गर्न जोड दिएका छन् । 

न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने काम गर्छ ।

यो पनि