बैशाख २७, २०८१, बिहीबार
               

प्रदेश-२द्वारा संघीय सरकारविरुद्ध दुई रिट दायर

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश-२ ले संघीय सरकारविरुद्ध दुई रिट दायर गरेको छ । प्रदेश २ ले बिहीबार प्रहरीमाथि प्रदेशको क्षेत्राधिकार र पछिल्लो समय नेपाल प्रहरीले खुलाएको विज्ञापनका विषयमा रिट दायर भएको हो । 

सो रिट प्रदेश कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अधिवक्ता सुनिलकुमार चौहानले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

पछिल्लो समय नेपाल प्रहरीले केही पदका लागि दरखास्त आह्वान गरेकोमा सो अधिकार प्रदेशको भएकाले प्रदेशले विज्ञापन निकाल्न पाउनुपर्नेमा केन्द्रीय प्रहरीले निकाल्नु संविधानविपरीत रहेको रिटमा दाबी गरिएको छ । 

उक्त विज्ञापनलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रहरी समायोजन प्रक्रिया टुंगो लागेपछि मात्र नेपाल प्रहरीका लागि रिक्त दरबन्दीको पूर्तिका लागि यस्ता विज्ञापन गर्न गराउन परमादेशलगायत आदेश माग गरिएको छ ।

रिटमा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि