जेठ ०६, २०८१, आइतबार
               

ओली–प्रचण्डबीच संवादको तयारी

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

विवादको घनचक्करमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले भेटघाटको तयारी गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच तीव्र मतभेद भएपछि समाधानको प्रयास स्वरूप बुधबार छलफलको तयारी भएको हो ।

अघिल्लो भेटमा दुई अध्यक्षबिच सँगै अगाडी जान नसकिने विषयमा छलफल भएको कतिपय नेताहरूले बताएका थिए । त्यसपछि विभाजन उन्मुख रहेको भन्दै चर्चा चलिरहँदा बुधबार को लागि तय गरिएको भेट अर्थपूर्ण छ ।

‘बुधबार साँझसम्म दुई अध्यक्षबिच संवादको गर्ने कि भन्ने तयारी छ’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘तर, समय भने तय भइसकेको छैन ।’

सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर पार्टीको विवाद समाधान गर्नुपर्नेमा प्रचण्ड देखिएका छन् । तर तत्काल बैठक आवश्यक नभएको ओलीले बताउँदै आएका छन् । पार्टी विभाजनको चर्चा चल्न थालेपछि एकता जोगाउने भन्दै दोस्रो तहका नेताहरु सक्रिय छन् । 

यसअघि गत शनिवार दुई अध्यक्षबिच ११ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको थियो । संवादमा ओलीले पार्टीमासँगै जान नसक्ने भन्दै विभाजन गरेर जान प्रस्ताव गरेका प्रचण्डले बताएका थिए । त्यहीँ विषयलाई लिएर अर्का अध्यक्ष प्रचण्डले गुटगत छलफल तीव्र बनाउँदै आएका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ६ सदस्य सचिवालय सदस्य राखेर छुट्टै छलफल गर्दै आएका छन् । ओली–प्रचण्ड संवाद र खुमलटार भेलामा छलफल भएका विषयले पार्टी विभाजन उन्मुख भएको भन्दै चर्चा गरिँदै आइएको छ ।


कस्तो लाग्यो ?

यो पनि