बैशाख २२, २०८१, शनिबार
               

पार्टी एकता जोगाउने भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चासो व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छन् । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद उत्पन्न भएपछि र राष्ट्रपतिभण्डारी गौतमलाई आज साँझ बोलाएर विवाद समाधानको लागि आग्रह गरेकी हुन् ।

गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले पुष्टि गरेका छन् । नेकपाभित्र विवाद चर्किएका बेला गौतमलाई शितल निवास बोलाइनु अर्थपूर्ण मानिएको छ ।

यो पनि