जेठ ०६, २०८१, आइतबार
               

नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ । 

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावको भेट प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट भएको हो । 

उनीहरुबीच पार्टीभित्र देखिएको विवाद समाधानको विषयमा केन्द्रित भएको बताइएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकटका प्रभावशाली नेता रावलले पार्टीको स्थायी कमिटी बैठकको माग गर्दै आएका छन् । 

नेकपाभित्र शीर्ष नेताहरुबीच विवाद भएपछि दोस्रो तेस्रो तहका नेताहरुले आपसी छलफल अघि बढाएका छन्। प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि जनाइरहेका रावल र महासचिवको भेटलाई महत्वका साथ हेरिएको छ । उनीहरुबीच मंगलबार एक बजे भेट भएको हो । 

पछिल्लो समय अध्यक्षद्वयबीच तिक्तता बढेको छ । मुख्यत: कर्णालीमा भएको पार्टी विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच विवाद सुरु भएको  छ । गत शनिबार दुई अध्यक्षबीच भएकोे छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै सधै विवाद गर्ने भए अलग अलग बसौ भन्ने प्रस्ताव गरेका थिए ।

यो पनि