बैशाख २३, २०८१, आइतबार
               

चीनले नेपाली भू-भाग मिच्यो भन्ने कुरा हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि चीनले मिचेको भन्ने हल्ला मात्रै भएको बताएको छ । 

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै  समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार आयोजना गरी चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरुमा कुनै तथ्यता नभएको बताउँदै यस्तो प्रतिक्रिया प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन ।’

भारतले नेपालको भूमि आफ्नो राजनीतिक नक्सामा समाहित गरेपछि नेपालले पनि त्यसको प्रतिक्रियास्वरुप लिपुलेकलगायत भूभाग आफ्नो नेपालको नक्सामा समाहित गरेसँगै चीनले पनि नेपालको भूभाग मिचेको कुरा बाहिर आएको छ । 
पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ । विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दाबी गरिरहेको छ ।

त्यसैगरी, केही समयअघि हुम्लाका एक कर्मचारीले  नेपाल -चीन सीमा क्षेत्र अवलोकन गरी चीनले नेपाली भूभाग मिचेको बताएका थिए । तर, चौतर्फी विरोध भएपछि उनले आफ्नो अभिव्यक्ति सच्चाएका थिए । 

यो पनि