जेठ ०६, २०८१, आइतबार
               

प्रतिनिधिसभा सदस्य केसीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेर दुःख व्यक्त गरेका हुन् ।

संघीय प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको निधनले आफूलाई दुःख लागेको भन्दै प्रम ओलीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । केसीको ६३ वर्षको उमेरमा पोखरास्थित आफ्नै निवासमा गएराति निधन भएको हो ।

उनी लामो समययता मधुमेह र रक्तचापको समस्याबाट ग्रसीत रहेका थिए । सांसद केसी पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका थिए भने तीन वर्ष अगाडि प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी समानुपातिकबाट सांसद बनेका थिए ।   

यो पनि