जेठ ०६, २०८१, आइतबार
               

कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीको निधन

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको निधन भएको छ । उनको ६३ वर्षको उमेरमा मृत्यु भएको हो । ​सांसद केसीको पोखरास्थित आफ्नै निवासमा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी लामो समययता मधुमेह र रक्तचापको समस्याबाट ग्रसीत रहेका थिए । सांसद केसी पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका थिए भने तीन वर्ष अगाडि प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी समानुपातिकबाट सांसद बनेका थिए । 

पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुन् ।  प्रख्यात रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापारका सफल व्यवसायी केसीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि