बैशाख १७, २०८१, सोमबार
               

नेकपा एकता जोगाउन महासचिव पौडेलको आग्रह

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै एकता रक्षाका लागि नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले त्यस्तो आग्रह गरेका हुन् । 

पौडेल नेकपा एमाले र नेकपा माओवादीबीच एकता गराउन अग्रसरमध्येका नेता हुन् । उनको निरन्तरको प्रयासपछि दुई महिनाअघि नेकपा विभाजनबाट बालबाल जोगिएको थियो । उनी पछिल्लो दिनमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बढ्दो खाडल पुर्ने प्रयासमा लाग्दै आएका छन् ।

महासचिव पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने जनाएका छन् । उनले सकारात्मक योगदानका लागि अपिल पनि गरेका छन् । 

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय...

Posted by Bishnu Prasad Paudel on Sunday, November 1, 2020

कस्तो लाग्यो ?

यो पनि