काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै गत असोज ३०मा ओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा उल्लेखीय सुधार आएसँगै उनी घर डिस्चार्ज भएको बताइन्छ ।
टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएसँगै उनी अस्पताल भर्ना भएका थिए । १० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।
डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी तथा आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।