जेठ ०६, २०८१, आइतबार
               

‘प्रधानमन्त्री ओलीको स्तर भारतीय खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार राति प्रधानमन्त्री र भारतीय गुप्तचर रअ प्रमुखको भेटलाई लिएर परराष्ट्रमन्त्रीसमक्ष उनले यस्तो प्रश्न गरेका हुन् । सो भेटका कारण प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाललगायतबाट आलोचित हुँदै आएका छन् । 

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए ।

मिश्रको प्रश्न छ, ‘युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ? नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?’

नेपालको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको बताउँदै उनले भने, ‘भ्रष्टाचार मात्र नभई यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।’

मिश्रले फेसबुकमा लेखेका छन्, ‘सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो । तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ ।’

यो पनि