जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीको हैसियत रअ विभाग प्रमुखको हैसियतमा गिर्‍यो : वैद्य

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको बताएका छन् । 

महासचिव मोहन वैद्य किरणले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो बताएका हुन् ।  

‘यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको छ,  सो विज्ञप्तिमा उनले भनेका छन्, ‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ ।’

यो पनि