जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री र 'रअ' प्रमुखको भेटप्रति नेता थापाको आपत्ति

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलबीचको भेटप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री र रअ प्रमुखको भेटको विषयलाई लिएर आपत्ति जनाउँदै कूटनीतिक मर्यादाको उल्लंघन र सामान्य त्रुटि मात्रै नभएर राष्ट्रिय सुरक्षामा चुनौती नै खडा भएको बताएका छन् । 

'प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटघाटलाई कूटनीतिक मर्यादाको उल्लंघन भनेर सामान्य त्रुटिका रुपमा प्रस्तुत गर्न खोजिएको छ । सम्बन्धित मन्त्रालय (परराष्ट्र) र निकाय (राष्ट्रिय अनुसन्धान विभाग) को अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा 'थ्रेट' देखिएको छ । यसको अनुसन्धान हुनुपर्छ, ' उनले सो विज्ञप्तिमा भनेका छन् । 

प्रधानमन्त्री ओली र 'रअ' प्रमुख गोयलको भेटलाई केही बुद्धिजीवीले बचाउ गरेको बताउँदै उनले त्यस्तो गर्नु गलत भएको बताएका छन् । 'यसरी ओलीको बताउ गरेको देख्खा लाज लाग्छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वलाई वार्तामा ल्याउनका लागि सरकारले कूटनीतिक कौशल देखाउनुपर्नेमा त्यसो हुन भएको पाइएन ।’ नेपाल भारतबीच रहेका विवादमा छलफल हुनुपर्नेमा कसैको विमति नरहेको उनको भनाइ छ । 

थापाले भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल-भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य नराख्ने बताएका छन् । 

‘हाम्रो कुटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्नेमात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो,' उनले भनेका छन्, 'सबै राजनीतिक तथा कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल-भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो ।'

यो पनि