जेठ ०६, २०८१, आइतबार
               

सबै कोरोना संक्रमितको उपचार गर्न सक्दिन भन्नु सरकारको गैरजिम्मेवार हो : डा. भट्टराई

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् ।

बुधबार एक ट्विट गर्दै भट्टराईले  यस्तो बताएका हुन् । उनल गरेको ट्विटमा भनिएको छ, ‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।

यसले महामारी झन् विकराल बन्नेछ । यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौँ ।’

पैसा अभावमा दानपात्र राखेर भए पनि सबै संक्रमितको उपचार निःशुल्क गर्न सक्नुपर्ने उनको भनाइ छ । सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

यो पनि