जेठ ०५, २०८१, शनिबार
               

विप्लव नेतृत्वको नेकपाद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारद्वारा प्रतिबन्धित गरिएको सो पार्टीले सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । 

सो पार्टीले एक विज्ञप्ति सार्वजनिक गर्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम गर्ने जनाएको छ । कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने कार्यक्रम रहेको विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ । 

सो विज्ञप्तिमा सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको उल्लेख छ । त्यसैगरी, सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझै जटिल बन्दै गएको सो पार्टीले ठहर गरेको छ ।

यो पनि