जेठ ०८, २०८१, मंगलबार
               

मन्त्रिपरिषद् बैठक बस्दै, कोभिड-१९बारे केही महत्वपूर्ण निर्णय लिन सक्ने आकलन

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद् बैठक मंगलबार (आज) अपरान्ह चार बजे  बस्ने भएको छ । 

केही दिनअघि अब सबै नागरिकको कोरोना उपचार नगर्ने सरकारले निर्णय गरेसँगै सरकारी अस्पतालले क्यान्टिनका लागि पनि धरौटी लिन थालेसँगै चौतर्फी आलोचित बनेपिछ सोको पुनर्विचारका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको अनुमान गरिएको छ । 

सरकारले नागरिकको कोरोना परीक्षण र उपचार नगर्ने निर्णय गरेसँगै सत्तारुढ दलकै वरिष्ठ नेता माधवकुमार नेपालले सो निर्णय गलगत भएको भन्दै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेका  छन् । 

यसका अलवा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाका  केही नेताले सरकारको सो निर्णयको आलोचना गरेका छन् ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले सो निर्णयमा पुनर्विचार गर्नुका साथै थप केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने एक स्रोतले बतायो । 

यो पनि