जेठ ०६, २०८१, आइतबार
               

अब जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य रहने

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको आकार बढाएको छ ।

 जसपाको  मंगलबार बसेको बैठकले विधान संशोधन गरी यसअघि कायम रहेको केन्द्रीय समितिको संख्या ७०१ बाट बढाएर ८०१ सदस्सीय बनाएको हो । कार्यकारिणी समितिका सदस्य रामसहाय यादवका अनुसार विधान संशोधन प्रस्ताव सर्वसमितले पारित भएको हो । 

वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेस भएको थियो ।

त्यसैगरी,  जसपाको बैठकले संसद सचिवालयबाट दिइएको दसैं भत्ता खारेजको माग गरेको छ । यदि सो खारेज नगरे जसपा नेपालले त्यो भत्ता नलिई कोभिड–१९ कोषलाई दिने निर्णय समेत गरेको छ । त्यस्तै, सरकारले आधारभूत शिक्षालाई खारेज गरेकोप्रति पनि जसपाले आपत्ति आपत्ति जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि