बैशाख २८, २०८१, शुक्रबार
               

सरकारले सबै कोरोना संक्रमितको उपचार नगर्ने भनेपछि पूर्वप्रम र पूर्वस्वास्थ्यमन्त्रीले दिए यस्तो प्रतिक्रिया

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीबाहेक अन्यमा कोरोना भएमा परीक्षण र उपचार आफैँले गर्नुपर्ने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सो निर्णयप्रति प्रतिक्रिया जनाएका छन् । 

पूर्वप्रधानमन्त्री र पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका उनीहरुले सोमबार ट्विट गर्दै सरकारको सो निर्णयको नागरिकमैत्री नभएको बताएका हुन् । आइतबार सरकारले सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगदीश्वर गौतमले सो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने बताएका थिए । 

सरकारको सो निर्णयलाई लिएर नेपाली कांग्रेसका नेता गगन थापाले संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

‘स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय काेराेना संक्रमितले आफ्नो उपचार आफैँ गर्नु’! उनले गरेको ट्विटमा भनिकएको छ, ‘यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा सिधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

त्यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले सरकारले अब कोरोना संक्रमितको उपचार नगर्ने घोषणा  गरेसँगै सरकार जनताप्रति अनुत्तरदायी भएको भन्दै व्यंग्यय गरेका छन् ।

उनले एक ट्विट गर्दै भनेका छन्, ‘कोरोना उपचारखर्च आफै व्यहोर!वेहोस भए मात्रै अस्पताल जाऊ!वेरोजगार श्रमिक रूॅदै गाऊॅ फर्क!भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर! आसेपासेहरू कमिसन/भत्ता डकार!यस्तो सरकार किन चाहियो?’

यो पनि