चैत १६, २०८०, शुक्रबार
               

विपत्तिमा सरकार निदाएको कांग्रेस महामन्त्री खड्काको आरोप

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार कुम्भकर्ण निद्रामा रहेको बताएका छन् । सिंगो देश महामारीका कारण आक्रान्त भएको बताउँदै महामन्त्री खड्काले एक ट्विट गर्दै विपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् । 

साथै उनले आन्तरिक धन्दामा व्यस्त सरकारलाई जनता र देशको चिन्ता नभएको महामन्त्री खड्काको आरोप छ ।

खड्काले भनेका छन्, ‘कोभिडको महामारिले सिङ्गो देश आक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ । न जनताको चिन्ता छ, न त देशको नै । यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार ?’

यो पनि