जेठ ०८, २०८१, मंगलबार
               

कुनै पनि भत्ता नलिने घोषणा गरेका राष्ट्रिय सभा सदस्य नारायणकाजीलाई नेता रावलको साथ

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौै । कोरोना कहरका कारण विश्व नै आर्थिक मन्दीमा परेको छ । जसको मारमा नेपाल पनि छ । यस्तो अवस्थामा अधिकारभन्दा बाहिर गएर संसदलाई दसैँ भत्ता बाँडिएको छ । कानुनी दृष्टिले हेर्ने हो भने सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने मात्रै पाउने व्यस्था छ ।  दसैँ खर्चसम्बन्धी कुनै व्यवस्था छैन ।

यतिखेर सांसदलाई दसैँ खर्च बाँडेको भन्दै सामाजिक सञ्चाल तातेको छ । यसैबीच दसैँ भत्ताबापत खातामा आएको रकम नेकपाका नेता भीम रावलले फिर्ता गरेका छन् । आइतबार बिहान एक ट्विटमार्फत् नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गरेका छन् । रावलको सो ट्विटमा भनिएको छ, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

 

उनको यो कदमले राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले चालेको कदमलाई सहयोग मिलेको छ । नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य बनेसँगै सभासदका हैसियतले पाउने कुनै पनि भत्ता नलिने घोषणा गरेका थिए । र, कुनै पनि रकम लिएका छैनन् पनि । 

कोरोना कहरकैबीचमा उनी राष्ट्रिय सभा सदस्य बनेका हुन् । यद्यपि उनी राष्ट्रिय सभा हुँदा नेपालमा भने महामारीको रुप लिएको थिएन ।तर,  उनले सोही समय एक वर्षको राष्ट्रिय सभा बैठक भत्ता नलिने घोषणा गरेका थिए । सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि जरुरी हुने उनको भनाइ थियो । 

त्यसैगरी, उनले तत्कालीन समयमा संघ र प्रदेशका अन्य मित्रलाई पनि सोच्न भत्ता रकमबारे सोच्न अनुरोध गरेका थिए । तत्कालीन समयमा उनले भनेका थिए, ‘म जोड दिएर भन्छु, सांसद विकास कोष' कम्तिमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गरौँ ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौँ ।’

यो पनि