बैशाख १७, २०८१, सोमबार
               

पूर्वराजाले यस वर्षको दसैँ शान्त, शालीनता र सादगी रुपमा मनाउने

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको वडा दसैँमा आमसर्वसाधारणलाई टीका प्रदान तथा तथा शक्तिपीठको भ्रमण नगर्ने भएका छन् । पूर्वराजाको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । 

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय गरिएको छ ।’

यसका अलवा सो विज्ञप्तिमा शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि