बैशाख २४, २०८१, सोमबार
               

सबै मन्त्रालयका सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउँछु: सञ्चारमन्त्री गुरुङ

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचना एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

मन्त्रालयमा पदभार गर्दै मन्त्री गुरुङले मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने जानकारी दिए । 

पदभार गर्दै उनले भने, ‘कुनै पनि मन्त्रालयमा गलत कुरा छन भने त्यसको अनुसन्धान गरेर बाहिर ल्याउने काम मन्त्रालयले गर्छ,’ उनले भने ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ११औँ पटक  मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । सो पुनर्गठनमा परेका उनले महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका  हुन् । 

यो पनि