बैशाख १८, २०८१, मंगलबार
               

बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाऊ : डा. लोहनी
'छोटे राजा हरु'को नाटक

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् ।

डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक गरेका हुन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लोहनीले लेखेका छन्, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई  भ्रष्टाचारको आरोप लगाए छन् । यो गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ ।’

उनले थप लेखेका छन्, ‘आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यो सबै मिलीभगत 'छोटे राजा हरु'को जनतालाई मुर्ख बनाउने नाटक भन्दा केही नहुने देखिन्छ ।’

डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि