जेठ ०१, २०८१, मंगलबार
               

मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल बने नयाँ अर्थमन्त्री

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री, शहरी विकासमन्त्री, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तीनै जना मन्त्री ओली निकट हुन् ।

साथै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् भने रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

 


कस्तो लाग्यो ?

यो पनि