बैशाख २६, २०८१, बुधबार
               

कोरोना संक्रमित पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको स्वास्थ्यमा सुधार आएको छ ।

थापा निकटस्थ कांग्रेस नेता बाबुराम बस्नेतले उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिए । ज्वरो नियन्त्रणमा आएको र कुनै खालको गम्भीर समस्या नदेखिएको उनले बताए । बस्नेतका अनुसार केही दिनपछि पूर्वमन्त्री थापा डिस्चार्ज भएर निवास फर्कने छन् ।

कोरोना संक्रमणबाट आएको उच्च ज्वरो नियन्त्रणमा नआएपछि पूर्वमन्त्री थापालाई चार दिनअघि ह्याम्स अस्पताल भर्ना गरिएको थिए । 

कोभिड १९ संक्रमित थापाको पत्नी संगीताको स्वास्थ्य स्थिति पनि सामान्य रहेको छ । संगीता भने चिकित्सकको परामर्शमा मालिगाउँस्थित निवासमै रहेकी छिन् । 

यो पनि