जेठ ०४, २०८१, शुक्रबार
               

कमल थापाद्वारा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन बृहत् मोर्चा निर्माणका लागि आह्वान

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् राप्रपा अध्यक्ष थापाले यस्तो आह्वान गरेका हुन् ।

‘देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माण गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्तर प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन ।’ 

 


कस्तो लाग्यो ?

यो पनि