जेठ ०२, २०८१, बुधबार
               

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । 

६ महिनादेखि सहप्रवक्ताको भूमिकाकमा रहेकका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार जारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । 

उनी गएको संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट पार्टीका उमेदवार थिए । 

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

उनी अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए  । 

त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

यो पनि