जेठ ०३, २०८१, बिहीबार
               

कुर्सी तोडफोडको विषयमा बोले कांग्रेस प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेको विषयमा कांग्रेसले प्रतिक्रिया जनाएको छ । 

आज सोमबार कांग्रेसको विरोधका बीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएसँगै विपक्षी दलका सांसदले कुर्सी तोडफोड गरेका थिए ।

कांग्रेस सांसदले कुर्सी तोडफोड गरेको विषयमा अहिले समाजिक सञ्जालमा निकै आलोचना भएको छ । 

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको घटना पार्टी नीति र संस्कृति विपरीत भएको प्रतिक्रिया दिएका छन् ।

तोडफोडको भिडियो हेर्नुहोस्ः

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै शर्माले भनेका छन्, 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ !'

उनले अगाडि लेखेका छन्, 'रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।'

यो पनि