मंसिर ०७, २०८१, शुक्रबार
               

बुटवललाई वित्तीय राजधानी बनाउने मुख्यमन्त्री पोखरेलको आश्वासन

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने बताएका छन् । 

दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएसँगै सत्तारुढ दलकै सांसदले पदबाट राजीनामा, असन्तुष्टि बढेपछि उनले यस्तो आश्वासन दिएका हुन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताएका छन् ।

यसका अलवा उनले बुटवल र लुम्बिनी करिडोरलाई छोएका क्षेत्र समेटेर वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनको तर्क थियो । 

यो पनि