असोज ०६, २०८१, आइतबार
               

बालुवाटारमा कोरोना : नेकपा सचिवालय बैठक स्थगित

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (आइतबार) का लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । 

पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

यसअघि शनिबारका लागि तय भएको बैठक आइतबार दिउँसो ४ बजेका लागि सारिएको थियो ।

अर्को बैठकको मिति तोकिएको छैन ।

यो पनि