बैशाख २८, २०८१, शुक्रबार
               

प्रदेश-५को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने निर्णय गरेको छ । नेकपाका अध्यक्षाद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच  प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति भएसँगै सो निर्णय भएको हो। 

प्रदेश ५ को राजधानी र नामबारे यसअघि सहमति हुन सकेको थिएन । जसका कारण प्रदेशको राजधानी  रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राख्ने भनी अन्योल हुँदै आएको थियो ।  हालका प्रदेश प्रमुख शंकर पोखरेल भने प्रदेश राजधानी दाङमा बनाउनुपर्ने पक्षमा थिए ।

प्रदेश सभाको चुनाव भएको करिब तीन वर्षको हाराहारी भए पनि प्रदेशको राजधानी र नामकरणमा सहमति हुन सकेको छैन । शुक्रबारै प्रदेश ५ को नामकरणबारे अध्यक्षद्वयबीच सहमति भए पनि अझै प्रदेश १, २को नामंकरण र राजधानीबारे अन्योल नै छ । 

केन्द्रमा अध्यक्षद्वयबीच सहमति भएसँगै प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।

यो पनि