बैशाख २२, २०८१, शनिबार
               

चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग गरेको छ । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहीबार विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । 

सो विज्ञप्तिमा कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाहीको माग गर्न उल्लेख गरिएको छ । 

‘कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ,’ विज्ञप्तिमा भनिकएको छ, ‘पिसिआर परीक्षणका लागि सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसीआर परीक्षणलाई सहज बनाइयोस् ।’

यसका अलवा नेविसङ्घले डा गोविन्द केसीको जीवनरक्षा गर्न बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि