जेठ ०६, २०८१, आइतबार
               

मुख्यसचिवमा बैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाको राजदूत !

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रिपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो ।

सोही बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।


कस्तो लाग्यो ?

यो पनि