कात्तिक ०२, २०८१, शुक्रबार
               

वामदेव गौतमविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
मन्त्री बन्न सक्ने सरकारको तर्क

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए ।

निवेदकहरुलाई बोल्न छोटो समय दिइएको थियो । त्यसपछि सरकारी वकिलहरुले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्ता अग्नि खरेल आफैंसहित चार जना सहभागी थिए ।

सरकारी वकिलपछि बामदेवका गौतमका वकिलहरुको बहस गर्ने पालो थियो । गौतम र विपक्षीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य, शेरबहादुर केसी, बाबुराम दाहाल, सुरेन्द्र थापामगर, रुद्र नेपाललगायतको सूची थियो । केसी नेपाल बार एशोसिएसनका पुर्व अध्यक्ष हुन् भने थापा मगर अघिल्लो वर्ष भएको निर्वाचनमा आफ्नै समूहभित्रको अन्तर्घातका कारण नेपाल बार एशोसिएसनको महासचिव पराजित भएका थिए ।

निवेदनकको तर्फबाट बहस गरेका  वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीका अनुसार संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने विगतदेखिको अभ्यास छ । बुधबार समयअभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको बताइएको छ ।

गौतमको मुद्दाको पेशी शुक्रबारको लागि तोकिएको छ । शुक्रबारको इजलासबाट छिनोफानो हुन सक्ने बताइएको छ ।

बहसका क्रममा महान्यायाधिवक्ता खरेलले निर्वाचन हार्नु अयोग्यताको प्रमाण नभएको तर्क गरेका छन् । उनले त्यसको तीन वटा उदाहरण पेश गरेका थिए ।
संविधानको धारा ७८ को ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सो प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री नबनाउनु मात्र भनेको तर निर्वाचन वा मनोनयनबाट संघीय संसद सदस्य भइसकेपछि मन्त्री बन्न नरोक्ने भन्दै उनले रिट खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि